प्रविन चौहान, असार ४, २०७८ शुक्रबार
अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ । पाणिनी गाउपालिकामा १ जना, र सन्धिखर्क नगरपालीकामा १ जनामा सङक्रमण पुस्टि भएको हो । येस्तै आज जिल्लामा ६४ जनाले कोरोनालाइ जितेका छन । आज मालारानी गाउपालीकामा ३ जनाले, छत्रदेव गाउपालीकामा १ जनाले, शितगंगा नगरपालिकामा २३ जनाले, भूमिकास्थान नगरपालिकामा ६ जनाले, र सन्धिखर्क नगरपालीकामा ३१ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भएका छन । अर्घाखाची जिल्लामा हाल सम्म २३५७ जना कोरोना सङक्रमित भएकोमा २२९ जना उपचाररत छन । हाल सम्म जिल्ला भर २१०७ जनाले कोरोना जितेका छन । आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ६३ जनाको ज्यान गएको छ ।