मोडल निशा घिमिरेको उपचार सुरु - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Friday, 11 June 2021

मोडल निशा घिमिरेको उपचार सुरु


प्रविन चौहान, २०७८ जेठ २८ गते


३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि भारतको देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पताल काठमाण्डौमा उपचार सुरु भएको छ । घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो ।

तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उपचार सकेको थिएन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार गरेका थियो । काठमाडौंको ट्रमा  सेन्टरमा उनको ३ महिना उपचार भएपनि उनको अवस्थामा सुधार हुन सकेको थिएन । यसपछि, डाक्टरहरुको सल्लामा उनको विभिन्न थेरापी सेन्टरमा थेरापी पनि चलिरहेको थियो ।


एकातिर आर्थिक अवस्था कमजोर हुनु र अर्कोतिर कोरोना संक्रमण बढ्नु, उनको परिवारले उनलाई घरमै ल्यायो । अर्धचेत अवस्थामा घरमै रहेकी निशाको शरीर सुक्दै गएको थियो । उनै, निशाको सामाजिक संजालमा तस्वीहरु सार्वजनिक हुन थालेपछि नर्भिक अस्पतालमा उपचार सुरु गरिएको छ । नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उद्दारमा पहल गरेकी हुन् ।


निशाको नशामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उनको अवस्थामा धेरै सुधार हुने अपेक्षा गरिएको छ । 

Post Bottom Ad