देशभरको मौसम बदली यो हप्ता भरी सक्रिय रहने प्रदेश २, गण्डकी र लुम्बिनीमा भीषण वर्षाको सम्भावना - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Saturday, 12 June 2021

देशभरको मौसम बदली यो हप्ता भरी सक्रिय रहने प्रदेश २, गण्डकी र लुम्बिनीमा भीषण वर्षाको सम्भावना

 


 प्रविन चौहानजेठ ३०, २०७८ आइतबार

यो हप्ताभरि नै मनसुन सक्रिय हुने भएको छ । अस्ति २८ गते भित्रिएको मनसुन यो हप्ताभरि नै सक्रिय रहने र देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् ले बताएका छन। अहिले प्रदेश-१ र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुनी वायुको प्रभाव परेको छ ।

यो बिस्तारै देशभर फैलिने र एकदुई दिनभित्रै देशभरको मौसम बद्ली भइ हल्कादेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् जानकारी दिएका छन । यो हप्ता सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र पश्चिम तराईका जिल्लाका केही ठाउँमा ठूलो पानी पर्ने हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ । अन्य ठाउँमा भने सामान्यदेखि हल्का वर्षा हुनेछ । अहिले देशभरको मौसम बद्ली भएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले गण्डकी, लुम्बिनीको तराईका जिल्ला र प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । दिउँसो पनि देशभरको मौसम बद्ली रहने भएको छ । यस्तै, राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।

Post Bottom Ad