ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण, ५ जना पक्राउ भिडियो सहित - Prabin Chauhan
Prabin+chauhan+Logo+For+Surprise+News

Home Top Ad

Post Top Ad

Friday, 11 June 2021

demo-image

ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण, ५ जना पक्राउ भिडियो सहित

 

gyand_JzgZP2ygQ7

 जेठ २९, २०७८, 

शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि  आक्रमण भएको प्रहरीले बताएको छ । शाहीले सामाजिक सञ्जालमा आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् । शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै लकडाउनमा समस्यामा परेकाहरुको उद्दार तथा राहतमा जुटिरहेको छ । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्यान खतरामा रहेको बताउँदै उनले भिडियोमा उल्लेख गरेका छन् ।


Gyanendra-Shahi-Attack-Surkhet


सुर्खेत प्रहरीका अनुसार  शाहीको समूह र स्थानीयबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई निय
न्त्रणमा लिएको जनाएको छ ।

Post Bottom Ad