पालिका स्तरिय अगुवा तरुण कार्यकर्ता भेला मालारानीमा सम्पन्न - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Saturday, 10 July 2021

पालिका स्तरिय अगुवा तरुण कार्यकर्ता भेला मालारानीमा सम्पन्न

 


सागर खनाल ,मालारानी  

अर्घखाँची जिल्लाको मालारानी गाउँपालिकामा  नेपाल तरुण दल जिल्ला कार्य समिति अर्घखाँची को आयोजना तथा  मालारानी गाउँ पालिका तरुणदल समिति को समन्वयमा पालिका स्तरिय  अगुवा तरुण कार्यकर्ता भेला सम्पन्न भएको छ। 

मालारानी गाउँपालिकाको गुफा सभाहलमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले परित्याग  गरी ३ जना  नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।  

कार्यक्रममा  १४ औ महाधिवेशन र संगठन विस्तारको बारेमा छलफल गरिएको थियो।  मालारानी गाउँपालिका वार्ड नं १ देखी ९ सम्म तरुण दलको  संगठन  विस्तार गरिएको छ। नेपाल तरुण दल मालारानी गाउँपालिका को कोषाध्यक्षमा अर्जुन खनाल र सदस्यमा कमल थापा लाई चयन गरिएको छ। 



कार्यक्रममा नारायण खड्का, पिताम्बर खनाल , राजेन्द्र वि क, रबिन घिमिरे, लगायतले मन्तव्य राख्नु भएको थियो।

जिल्ला अध्यक्ष नारायण खड्काले सम्पुर्ण उपस्थित तरुणहरुको जिज्ञासा, गुनासो लाइ सम्बोधन गर्दै तरुण एकतालाइ थप मजबुत बनाउदै लैजाने तथा आसन्न नेपाली काङ्ग्रेस को १४ औ महाधिबेशन मा अधिकतम तरुण सहभागिता हुनको लागि सम्पुर्ण तरुणहरुलाइ जागरुक हुन निर्देशन दिनु भएको थियो।




मालारानी तरुणदल अध्यक्ष लीलामणि पोखरेलको अध्यक्षता , तरुणदल जिल्ला अध्यक्ष नारायण खड्काको को प्रमुख आतिथ्यता, तरुणदल पुर्ब जिल्ला अध्यक्ष पिताम्बर खनाल को बिशिष्ठ आतिथ्यता,मालारानी तरुणदल उपाध्यक्ष दिनेश खनालको  स्वागत मन्तब्य र तरुणदल जिल्ला सचिब अर्जुन पोखरेल को सन्चालनमा सम्पन्न भएको थियो।







Post Bottom Ad