७० लाखको गाडी किनेपछि पुष्प खड्का भन्छन्, ‘सम्पत्ति जोड्नु मेरो सपना होइन’ - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Monday, 19 July 2021

७० लाखको गाडी किनेपछि पुष्प खड्का भन्छन्, ‘सम्पत्ति जोड्नु मेरो सपना होइन’

 


काठमाडौं, २०७८ श्रावण ४ गते सोमबार,

अभिनेता पुष्प खड्काकै कुरा गरौंन । फिल्मको हिरो बन्न कैलालीबाट काठमाडौं आएका उनले फिल्मसम्मको बाटो तय गर्न निकै संघर्ष गर्नुपर्‍यो । लामो समय म्यूजिक भिडियोमा काम गरेपछि उनले फिल्म ‘अझै पनि’ मा सहायक अभिनेताको रुपमा काम गर्ने अवसर पाए । लिड हिरोको रुपमा भने उनले फिल्म ‘दर्पण छायाँ २’ बाट ब्रेक पाए । तर, दुर्भाग्य ! दुवै फिल्म असफल भयो ।
तर, फिल्म ‘मंगलम’ ले उनको करिअर बदल्यो । अहिले उनलाई फिल्मको कमी छैन । पारिश्रमिक पनि आकर्षक बुझिरहेका छन् । म्यूजिक भिडियोमा पनि उनको माग उस्तै लोभलाग्दो छ । फिल्म र म्यूजिक भिडियोमा काम गरेरै कैलालीमा पक्की घर बनाएका पुष्पले सोमवार करीब ७० लाखको गाडी खरिद गरेका छन् । उनले हुन्डाइको क्रेटा गाडी आफ्नो घर भित्राएका हुन् । 
घर र गाडी जोडिसकेका उनी आफूले देखेका केही सपना पूरा हुँदै गएको बताउँछन् । तर, सम्पत्ति जोड्नु आफ्नो कहिल्यै ठूलो सपना नरहेको उनको भनाई छ । उनी भन्छन्, ‘यो भनेको आफ्नो आवश्यकता अनुसार जोड्दै जाने कुरा हो । तर, मेरो सधैं राम्रो कलाकार बन्ने नै सपना थियो र सधैंभरी रहिरहनेछ ।’ मनोरञ्जन दुनियाँमा लागेर जीवन चलाउन दुःख नहुने उनको अनुभव छ । 
पहिलो म्यूजिक भिडियोमा तीन हजार पारिश्रमिक पाउँदाको क्षण सम्झँदै उनी भन्छन्, ‘पहिलो म्यूजिक भिडियोमा काम गरेबापत पाएको पारिश्रमिकबाटै मलाई अभिनयमा लागेर जीवन चलाउन सकिन्छ भन्ने लागेको थियो । मैले संघर्षको समयदेखि आजसम्म आमा बुबासँग पैसा मागेको छैन । मिहिनेत र आफूमा विश्वास गर्ने हो भने अभिनयमा लागेर सोचेका कुरा पूरा गर्न गाह्रो हुन्न ।’  
निषेधाज्ञा खुकुलो भएसँगै यतिबेला पुष्पलाई म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ । स्थिति सामान्य भएपछि उनी निर्देशक मुकुन्द भट्टको नयाँ फिल्ममा काम गर्ने तयारीमा छन् । निषेधाज्ञाभन्दा अगाडि उनी अभिनीत फिल्म ‘कृष्ण लीला र मनसँग मन’ प्रदर्शनको मुखमा थियो । तर, कोरोनाले दुवै फिल्मको रिलिज रोकियो । उनी अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ पनि प्रदर्शनको पखाईमा छ ।

Post Bottom Ad