साउन १० गते, आइतबार
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोनाका कारण मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आज आइतबार मृत्यु भएको हो ।
कोभिडको विरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अबस्था गम्भीर बनेपछि आज भन्दा ४ दिन अघि हेलिकप्टरबाट उपचारकालागि काठमाण्डौ लगिएको थियो ।
स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयको लामो समय प्रधनाध्यापक रहेर अध्यापन पेशा अंगालेका भुसाल शिक्षक पेशाको अबकास पछि वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए ।