साउन १० गते, आइतबार
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा कोरोनाको जोखिम बढेको भन्दै पालिकाबासीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पालिका अध्यक्ष बालकृष्ण आचार्यले आग्रह गर्नु भएको छ । मालारानी गाउँपालिकामा आज ९० जनामा गरिएको परिक्षणमा २५ जनामा कोभिड पुष्टी भएको पालिकाका स्वास्थ्य संयोजक भबिश्वर खनालले जानकारी दिनु भयो । यस्तै मालारानी गाउँपालिका वडा नं ५ मा १ जना ९९ बर्षिय व्याक्तिको कोरोनाका कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका साहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले बताउनु भयो । कोरोनाको जोखिम बढ्ेको भन्दै मालारानी गाउँपालिकाले आक्समिक बाहेकका सबै सेबा १ हप्ताको लागी बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना बस्ती स्तरमा फैलिएकोले अत्यआव्यसक सेबा बाहेकका सबै सेबा बन्द गरिएको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले जानकारी दिनु भयो ।