बैकल्पीक माध्यमबाट सिकाई सहजिकरण गर्न पालिका अध्यक्ष आचार्यको आग्रह - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Saturday, 28 August 2021

बैकल्पीक माध्यमबाट सिकाई सहजिकरण गर्न पालिका अध्यक्ष आचार्यको आग्रह




नविन केसी, 
भदौ १२ गते शनिबार 
अर्घाखाँची,

कोरोना महामारीले प्रत्यक्ष सिकाई नभएको समयमा बैकल्पीक बिधिबाट सिकाई सहजिकरण गर्न मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले आग्रह गर्नु भएको छ । मालारानी गाउँपालिका अन्तर्गतका माध्यमिक बिद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई १ दिने सिउजी प्याकेज तथा आईमईस सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको सुरुवात गर्दै अनलाईन माध्यमबाट भएपनि सिकाई सहजिकरण गर्न आचार्यले आग्रह गर्नु भएको छ । कोरोना महामारी संग जुधदै प्रबिधिको प्रयोग गरि सिकाई सहजिकरण गर्नु पर्ने पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले बताउनु भयो । अभिमुखीकरण कार्यक्रममा नेपाल दुरसञ्चार कार्यालय अर्घाखाँचीका प्रमुख गोबिन्द पराजुली ,ईन्जीनियर सुबास आचार्य लगाएते सहजिकरण गर्नु भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले जानाकारी दिनु भयो ।

Post Bottom Ad