मालारानी ४ देउराली सामुदाइक वन उपभोक्ता समितिमा आज एकदिने क्षमता विकास कार्यक्रम समपन्न - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Saturday, 21 August 2021

मालारानी ४ देउराली सामुदाइक वन उपभोक्ता समितिमा आज एकदिने क्षमता विकास कार्यक्रम समपन्न


बसन्त चौहान, भदौ ५ गते शनिबार अर्घाखाँची,

देउराली सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी उपभोक्ताहरु तथा नेतृत्वोकर्ताका लागी एकदिने अधिकार पहिचान तथा सुशासन मुल्याङकन  समबन्धी तालीम तथा क्षमता बिकास समबन्धी कार्यक्रम आज मालारानी गाउपालीका वार्ड न ४ खनको देउरालीमा सम्पन्न भएको छ । सामुदाइक वन उपभोक्ता महासङ्घ नेपाल तथा स्थानीय उपभोक्ता महासङ्घ मालारानीको आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रम मालारानी गाउपालीकाकी उपाध्यक्ष प्रमीला क्षत्रीको प्रमुख आतिथता, स्थानीय उपभोक्ता महासङ्घका अध्यक्ष खिमानन्द खनालको सन्चालन र स्थानीय परीयोजना संयोजक अमित खनालको सहजिकरणमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वन उपभोक्ता समितिको सदस्य बसन्त चौहानले देउराली सामुदायिक बन क्षेत्रको नक्सा निर्माण गरि प्रस्तुत गर्नुभएको थियो ।

Post Bottom Ad