एमजी पाय दशैंमा ‘म यस्तो गीत गाउँछु २’ र तिहारमा ‘चपली हाइट ३’ रिलिज !! - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Tuesday, 14 September 2021

एमजी पाय दशैंमा ‘म यस्तो गीत गाउँछु २’ र तिहारमा ‘चपली हाइट ३’ रिलिज !!


काठमाडौ
। गत वर्ष ९ महिना बन्द भएर खुलेका सिनेमा हल कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै तीन महिनामै बन्द भयो । पछिल्लो समय संक्रमण दर कम हुँदै गएपछि सरकारले गत हप्ता स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ । तर, हल भने अझै खुलेका छैनन् । 

फिल्म वितरक तथा हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले शतप्रतिशत अकुपेन्सीसहित देशैभरका सिनेमा हल खोल्न सरकारले अनुमति नदिएसम्म तीन जिल्लाका मात्र हल नखोल्ने निर्णय गरेको छ । जसले गर्दा नजिकिँदै गरेको दशैंमा पनि सिनेमा हल नखुल्ने होकि भन्ने आशंका उब्जिएको छ । किनकि, फिल्म रिलिजका लागि दशैं विदा सबैभन्दा राम्रो मानिन्छन्  ।
सरकारले देशैभरका सिनेमा हल खोल्न अनुमति दिएपछि दशैं-तिहार वा त्यसपछि कुन फिल्म रिलिज गर्ने भन्ने विषयमा चलचित्र संघले यतिबेला विभिन्न फिल्मका निर्मातासँग छलफल गरिरहेको छ । महिनामा २ वटा मात्रै नेपाली फिल्म रिलिज गर्ने र विदेशी फिल्मसँग नजुधाउने गरी यही दशैंमा ‘म यस्तो गीत गाउँछु २’ र तिहारमा ‘चपली हाइट ३’ रिलिज गर्ने तयारीमा चलचित्र संघ छ ।
‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमारले तिहारमा फिल्म रिलिजका लागि चलचित्र संघसँग निरन्तर छलफल भइरहेको बताए । उनले भने, ‘फिल्म कहिले लगाउने भनेर चलचित्र संघलाई निर्णय गर्ने जिम्मा दिएका छौं । संघले जहिले भन्छ त्यही दिन फिल्म रिलिज हुन्छ । त्यसका लागि हामीले केही ‘एमजी’ डिमान्ड गरेका छौं त्यो पूरा भयो भने फिल्म रिलिज गर्ने जोखिम उठाउँछौं ।’
त्यस्तै, ‘म यस्तो गीत गाउँछु २’ का वितरक करण श्रेष्ठले दशैंमा फिल्म रिलिज गर्ने प्रस्तावमाथि चलचित्र संघमा छलफल भइरहेको बताए । उनले भने, ‘दशैं वा त्यसपछि कुन फिल्म रिलिज गर्ने भन्नेमा निर्णय हुन बाँकी छ । यद्यपि, दशैंमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने प्रस्तावमा छलफल भइरहेको छ । केही हदसम्म लगानी सुरक्षित हुने ‘एमजी’ मिलेको खण्डमा फिल्म रिलिज हुन्छ ।’
कोरोनाका कारण लामो समय सिनेमा हल बन्द हुँदा निर्माण सकिएका दर्जनौं फिल्ममाथि भएको अर्बौंको लगानी फ्रिज भएको छ । सरकारले हल खोल्न अनुमति दिएपछि गत हप्ता ‘ए मेरो हजुर ४’ ले चैत २५ गते र ‘लप्पन छप्पन २’ ले फागुन १३ गतेलाई रिलिज डेट घोषणा गरेको छ । तर, तत्काल फिल्म रिलिज गर्न निर्माताहरु वितरक र हल व्यवसायीबाट राम्रो ‘एमजी’ को आशमा रहेका छन् ।
स्रोत : Filmykhabar.com

Post Bottom Ad